विद्युत् विकासमा फड्को
gorkhapatraonline.com · Fri May 29 01:31:05 GMT 2026

हाम्रो विद्युतकाे इतिहास ११५ वर्ष पुरानो छ । विसं १९६८ जेठ ९ गते नेपालको पहिलो र दक्षिण एसियाकै दोस्रो फर्पिङ जलविद्युत् आयोजनाले पाँच सय किलोवाट विद्युत् उत्पादन सुरु गरेको थियो । विसं २००७ अघि राणा शासनको अवधिमा दुई आयोजनामार्फत १.१४ मेगावाट जलविद्युत् उत्पादन भएको थियो । पञ्चायतकालमा १७५ मेगावाट विद्युत् उत्पादन हुन सक्यो । विसं २०४६ मा प्रजातन्त्र पुनः प्राप्त भएपछि नीतिगत रूपमा निजी क्षेत्रलाई यस क्षेत्रमा प्रवेशको अनुमति दिइयो । विसं २०५५ मा विद्युत् खरिद सम्झौता (पिपिए) दर तोकेसँगै जलविद्युत् विकासले तीव्रता पाउन थाल्यो । यसपछि निजी क्षेत्र मात्र होइन, नेपाल सरकारका विभिन्न निकायले पनि आफ्नो नेतृत्वमा कम्पनी खडा गरी आयोजना निर्माणलाई तीव्रता दिन थाले । अर्थात् सरकारले जलविद्युत् विकासको निर्माण ढाँचा परिवर्तन ग¥यो । विभिन्न कम्पनी र सहायक कम्पनी निर्माण गरेर सरकारले आयोजना निर्माणमा तीव्रता दियो । यही कारण नेपालमा गणतन्त्रपछिको अवधिमा जलविद्युत् विकासले फड्को नै मा¥यो ।
विसं २०६५ जेठ १५ गते नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । यसपछिका १८ वर्षलाई हेर्ने हो भने सबैभन्दा धेरै उपलब्धि विद्युत् क्षेत्रले गरेको छ । गणतन्त्र घोषणा हुनुअघि ६३२ मेगावाट विद्युत् उत्पादन भएको थियो । अहिले वैकल्पिक ऊर्जाबाहेक ग्रिडमा जडित उत्पादन क्षमता चार हजार १२३ मेगावाट पुगेको छ । यसमा वैकल्पिक ऊर्जामार्फत १०६ मेगावाट र अफ ग्रिडको चार मेगावाट विद्युत् थप उत्पादन हुने गरेको छ । केन्द्रीय ग्रिडमा जोडिएको तीन हजार ३७२ मेगावाट उत्पादन गणतन्त्रकै अवधिमा थपिएको हो । यसमध्ये सरकारी निकायबाट १९९ मेगावाट तथा नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा निर्माण गरेका सहायक कम्पनीसहित निजी क्षेत्रको तीन हजार २८९ मेगावाट विद्युत् उत्पादनको योगदान रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)