वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा रूख काटियो
deshsanchar.com · Wed Aug 18 16:26:07 GMT 2021
दाङ – सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको संलग्नतामा प्रक्रिया मिचेर काठ कटान गरिएको पाइएको छ। राजपुर गाउँपालिका–५ स्थित मैनिहवा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले नै प्रक्रिया पूरा नगरी काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
घाटगद्दी गरिएको स्थलमा ४ सय ८३ क्युफिटभन्दा बढी काठ कटान गरेको भेटिएको छ। डिभिजन वन कार्यालयले काठ कटानका लागि सहमति दिनुपर्ने कानुनी प्रावधान छ। तर, सामुदायिक वन उपभोक्ता समूहले वन कार्यालयको सहमति नलिएर काठ कटान गरेको पाइएपछि अनुसन्धान थालिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)