प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
ratopati.com · Thu Feb 06 17:26:00 GMT 2025

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरेका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले सामाजिक सञ्जालसम्बन्धी विधेयकका सन्दर्भमा प्रचण्डले गरेको टिप्पणीलाई ‘असन्तुलित अभिव्यक्ति’ भन्दै कटाक्ष गरेका हुन् ।
महासचिव पोखरेलले भनेका छन्- ‘सामाजिक संजाल नियमनको आवश्यकता वोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले विपक्षी दलको नेता रहेका ‘प्रचण्ड’ एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)