पुष्पराज स्मृति टेबल टेनिस सुरु
baahrakhari.com · Thu Feb 06 17:18:00 GMT 2025
काठमाडौं । प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शङ्खमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ६ विधामा १५० खेलाडी सहभागी छन् । पुरुष/महिला एकल, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष एकलका खेल हुनेछन् । ललितपुर महानगरपालिका–११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)