मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

ekantipur.com · Sun Jul 28 23:27:26 UTC 2024

काठमाडौँ — निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छाडेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन मुख्यसचिव अर्यालसँग आइतबार ५० हजार धरौटी मागेको हो । धरौटी बुझाएर अर्याल आइतबार नै रिहा भएका हुन् ।

मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि अर्यालसहितका कर्मचारीहरू निलम्बनमा परेका थिए । निलम्बनपछि सरकारले अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी जगेडामा राखेको थियो । उनी जगेडामा पुगेसँगै निमित्त र कामु हुँदै मुख्यसचिवमा लीलादेवी गड्तौलालाई सरकारले बढुवा गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)