पश्चिम एसियामा बढ्दो तनाव : विश्व राजनीति नयाँ मोडमा
barnanmedia.com · Sun Jun 21 21:25:00 GMT 2026

इरान, अमेरिका र इजरायलबीच पछिल्ला महिनाहरूमा देखिएको तनावले पश्चिम एसियालाई पुनः विश्व राजनीतिको केन्द्रमा ल्याएको छ । सैन्य गतिविधि, ऊर्जा सुरक्षाको चुनौती, आणविक कार्यक्रमलाई लिएर बढ्दो विवाद र विश्व शक्तिहरूबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई थप संवेदनशील बनाइरहेको छ । घटनाक्रमले केवल क्षेत्रीय राजनीतिलाई मात्र होइन, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत गहिरो असर पार्ने संकेत देखाएको छ ।
पश्चिम एसियाको भू-राजनीतिक अवस्था लामो समयदेखि विश्व शक्तिहरूको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको छ । तेल तथा ग्यासजस्ता ऊर्जा स्रोतको विशाल भण्डार, अन्तर्राष्ट्रिय व्यापारका महत्वपूर्ण समुद्री मार्गहरू तथा धार्मिक-राजनीतिक संवेदनशीलताका कारण यो क्षेत्र विश्व राजनीतिमा सधैँ रणनीतिक महत्वको विषय बनेको छ । पछिल्ला केही महिनामा इरान, अमेरिका र इजरायलबीच बढेको तनावले यस क्षेत्रलाई पुनः विश्वको ध्यानाकर्षणको केन्द्रमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)