पहिरोमा एकै परिवारका ३ सहित ५ जना बेपत्ता
ekantipur.com · Sun Jul 28 23:38:05 UTC 2024

गोरखा — बस्तीमाथिको झरनाबाट आएको चर्को आवाजले आइतबार बिहान २ बजेतिर धार्चे–५ गुम्दास्थित रेसेफाँटका सञ्जय गुरुङको निद्रा खुल्यो । लगत्तै घरको छानामा ससाना ढुंगा खसेको सुनिन थाले । उठेर हेर्दा लेदोसहितको पहिरो बगिरहेको देखे । हेर्दाहेर्दै पहिरो छिमेकी जितबहादुर गुरुङको घर भएर बग्यो । ‘वाटर इनर्जी प्रालि हाइड्रोपावरका कामदार सहित जितबहादुरको परिवार त्यही घरमा थिए,’ सञ्जयले सुनाए ।
पहिरोले घर बगाउँदा जितबहादुरको परिवारका ३ सहित ५ जना बेपत्ता छन् । दुई जना घाइते छन् । ३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्र्याक्टर चालक २४ वर्षीय रमेश परियार पहिरोमा बेपत्ता भएका हुन् । सिङ्लाका रमेश र चालक रमेश हाइड्रोपावरका कामदार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)