मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

धनगढीको ठेकराजमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन

rajdhanidaily.com · Sun Jul 28 23:38:18 UTC 2024

धनगढी । कैलालीको धनगढीमा रहेको एक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ (‘किताबबिहिन शुक्रबार’) कार्यक्रम लागु गरिएको छ । धनगढी वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा ‘किताबबिहिन शुक्रबार’ कार्यक्रम लागु भएको हो ।

मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि ‘किताबबिहिन शुक्रबार’ कार्यक्रम लागु गरिएको छ । विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेपछि सो कार्यक्रम लागु गरिएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)