भीमनारायण गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज
rajdhanidaily.com · Fri May 29 02:18:21 GMT 2026

धनकुटा । धनकुटामा जारी १८ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । शुक्रबार हुने दोस्रो सेमिफाइनलको खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ४ बजेपछि सो खेल शुरु हुनेछ ।
उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो । यस्तै ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ अन्तिम चारमा पुग्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)