मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा एक वर्षमा १२ हजार मिटरभन्दा बढी पदमार्ग निर्माण

barnanmedia.com · Sun Jul 28 23:33:33 UTC 2024

बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधार निमाणका लागि बागलुङमा रु छ करोड ४० लाख विनियोजन गरेको थियो ।

त्यसमध्ये तीन करोड ८५ लाखले पदमार्ग निर्माण गरिएको हो भने बाँकी बजेटले मठ मन्दिरसहितका पर्यटन संरचना निर्माण गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत जिल्लाको १० वटै पालिकामा पदमार्ग निर्माण र अन्य संरचना बनाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)