मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जहाज तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी लिदै मन्त्रीले राजिनामा दिनुपर्ने प्रभु साहको सुझाव

rajdhanidaily.com · Sun Jul 28 23:42:10 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाईन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै उनले यो दुर्घटनाको नैतिक जिम्मेवारी लिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव समेत उनले दिए ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले दुर्घटनाको नैतिक जिम्मेवारी लिदै मन्त्रीले राजिनामा दिनुपर्ने बताए । यस्तो दुर्घटना हुँदा एउटा छानविन समिति बनाउँने र निरिह कर्मचारीलाई कारवाही गरेर मात्रै नहुने बताउँदै उनले प्राधिकरणलाई अस्तव्यस्त बनाउँने मन्त्रीले किन राजिनामा दिनुहँुदैन भन्ने प्रश्नको जवाफ समेत उनले माग गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)