बजेटबारे यस्तो छ बाबुराम भट्टराईको टिप्पणी
baahrakhari.com · Tue May 28 17:20:41 UTC 2024

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बजेटले सामान्य मलहमपट्टीबाहेक कुनै अग्रगामी फड्कोको संकेत नगरेको टिप्पणी गरेका छन् । देशको अर्थतन्त्र लामो समयदेखि गम्भीर संरचनात्मक संकटमा रहेको बताउँदै उनले बरू वर्तमान गठबन्धन सरकारको अन्तरनिहीत चरित्रझैँ आआफ्नो चुनावी आधार अनुकूल वाम र दक्षिण पपुलिज्मको खोलभित्र यथास्थितिलाई निरन्तरता दिने काम मात्रै गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “पूर्वअनुमान गरिएझैँ विगतमा जस्तै यो वर्ष (२०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतीपूर्ण’ (अर्थात् मूल प्रवृत्ति ठीकै छ) भनेको सुनियो, यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहँदैन पनि ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)