मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

barnanmedia.com · Thu Feb 06 22:33:35 GMT 2025

काठमाडौँ २५ माघ : बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।

कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आउनुभएको थियो । उहाँ गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उहाँ हालसम्म हाजिरी हुन आउनुभएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)