मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नोबेल पुरस्कारका  ९ विजेता लुम्बिनी आउँदै

ekantipur.com · Sun Feb 04 01:03:56 GMT 2024

बुटवल — लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता हुने भएको छ ।

फागुन २७ देखि २९ सम्म सञ्चालन हुने यस सम्मेलनमा विभिन्न देशका २ सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको बताइएको छ । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ७ जना रहेका छन् । सत्यार्थीले सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन पनि गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)