बजेट खर्चको अर्धवार्षिक समीक्षाः ३५.८९ प्रतिशत मात्र बजेट खर्च
deshsanchar.com · Thu Feb 06 23:13:08 GMT 2025

काठमाडौँ- चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षको छ महिनासम्मको समग्र खर्च विगत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सरकारको स्रोततर्फ रू छ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ । जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५ दशमलव ८६ प्रतिशतले बढी हो । वैदेशिक अनुदानतर्फ रू सात अर्ब ७१ करोड ९२ लाख खर्च भई गत आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७९ प्रतिशतले बढी खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)