केराबारीलाई कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि
rajdhanidaily.com · Thu Feb 06 23:24:00 GMT 2025
इटहरी । स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लब, मोरङले हात पारेको छ । बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
खेलको १५ मिनेटमा केराबारीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्यो । यससँगै खेलको विजेता टिम केराबारी फुटबल क्लबले नगद दुई लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको लोहोरुङ फुटबल क्लब संखुवासभाले एक लाख ३० हजारमा चित्त बुझायो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)