मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न

abhiyandaily.com

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार काठमाडौंमा आयोजित विशेष समारोहका बीच प्राधिकरणले वार्षिकोत्सव मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल करीब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त गर्ने गरेको जानकारी दिए । हाल ४२ जिल्ला पूर्णरूपमा विद्युत् सेवा पुगेको उनले बताए । आगामी दुई वर्षभित्र शतप्रतिशत जनतालाई विद्युत्को सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरण दिनरात लागिपरेको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले ३५ वर्षको इतिहासमा प्राधिकरणले गतवर्ष सबैभन्दा बढी रू. १६ अर्ब १६ करोड ५० लाख नाफा आर्जन गर्न सकेको पनि जानकारी गराए । नाफाको यो आकार अझै बढ्दै जाने उनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)