मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभामा १९ सिटमै उम्मेदवारी दिने एमाले तयारी

ekantipur.com · Sun Jan 07 01:18:08 GMT 2024

काठमाडौँ — एमालेले राष्ट्रिय सभाका १९ सिटमा एक्लै उम्मेदवार उठाउने भएको छ । सत्ता गठबन्धसँग मिलेर चुनाव लड्दा गलत सन्देश जाने भन्दै पार्टीका केन्द्रीय सचिवालय सदस्यहरूको धारणापछि एमाले एक्लै चुनावमा होमिने भएको हो ।

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बन्द नभएकाले पर्खन आग्रह गरेका थिए । राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग साझेदारी हुने अवस्था बनिनसकेको सचिवालय सदस्यलाई उनले जानकारी गराएका थिए । संक्रमणकालीन न्यायको मुद्दालाई टुंगोमा पुर्‍याउन एमाले सहमत भए राष्ट्रिय सभामा साझेदारी गर्न सकिने प्रस्ताव सत्ता गठबन्धनले गरेको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादीले आपत्ति जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)