जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक
khabarhub.com · Thu Jun 04 10:25:05 GMT 2026

काठमाडौं – काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस रोनिनका दुई नयाँ प्रिमियम भेरियन्टहरू सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रा. लिले ‘रोनिन मोनोटोन’ र ‘एगोन्डा’ भेरियन्टहरू बजारमा ल्याएको हो । काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक भव्य कार्यक्रममा यी नयाँ मोटरसाइकलहरूको अनावरण गरिएको थियो । यसबाट नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा युवा राइडरहरूका लागि नयाँ आकर्षण थपेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)