मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

nagariknews.nagariknetwork.com · Fri May 29 02:40:19 GMT 2026

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छिन्। तर उनी नगदमा तरकारी बेच्दिनन्। खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेला जस्ता तरकारी उनले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिन्छिन्।

'आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ', उनले भनिन्, 'दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ।'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)