मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने

ratopati.com · Sun Jun 21 22:16:20 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्धको खेलमा केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्राललाई सुरुवातमै झड्का लागेको छ । मियामी स्टेडियममा जारी खेलको पाँचौँ मिनेटमै काब्रालले पहेँलो कार्ड पाएका हुन् ।

उरुग्वेका खेलाडीलाई रोक्ने क्रममा उनले गरेको ट्याकलको समय नमिल्दा रेफ्रीले उनलाई पहेँलो कार्ड देखाएका थिए । यो कार्डसँगै काब्रालले केप भर्डेको अर्को महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । स्पेनसँगको अघिल्लो खेलमा पनि पहेँलो कार्ड पाएका उनले लगातार दोस्रो कार्ड पाएसँगै अर्को खेलका लागि प्रतिबन्धित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय