मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मा जुन्ताद्वारा पूर्व कर्मचारीहरूलाई काममा फर्कन आह्वान

barnanmedia.com · Sun Feb 01 21:25:00 GMT 2026

म्यान्माको जुन्ताले आइतबार पाँच वर्षअघि भएको कूको विरोधमा जागिर छोडेका पूर्व निजामती कर्मचारीहरूलाई काममा फर्किन आह्वान गर्दै अनुपस्थित कर्मचारीहरूलाई ‘कालोसूची’ बाट हटाउने वाचा गरेको छ ।

फेब्रुअरी १, २०२१ मा सेनाले विद्रोह गरेर सत्ता कब्जा गरेपछि चिकित्सक र सरकारी प्रशासकसमेत दशौँ हजार कर्मचारीले सविनय अवज्ञा आन्दोलनमा सामेल हुँदै आफ्नो पद छाडेका थिए । केहीले निजी रोजगारी पाएका थिए भने अरूले प्रजातन्त्र समर्थक विद्रोहीहरूसँग मिलेर गृहयुद्धमा भाग लिएका थिए । गृहयुद्धमा चारैतिरबाट धेरैको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)