मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल

ratopati.com · Sun Jun 21 22:29:53 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागिता जनाइरहेको केप भर्डेले फुटबल इतिहासमा एउटा स्वर्णिम पाना थपेको छ। मियामी स्टेडियममा जारी उरुग्वेविरुद्ध जारी समूह ‘एच’ को खेलमा केप भर्डले आफ्नो विश्वकप यात्राकै पहिलो गोल गर्न सफल भएको हो ।

खेलको २१ औँ मिनेटमा मिडफिल्डर केभिन पिनाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्री–किक सिधै जालीमा चुमिएको थियो ।

यसअघि आफ्नो पहिलो खेलमा शक्तिशाली स्पेनलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको केप भर्डेले उक्त खेलमा गोल भने गर्न सकेको थिएन । आज उरुग्वेविरुद्ध पिनाले गरेको यो गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो र ऐतिहासिक गोल बनेको छ ।

यो गोलसँगै केप भर्डले खेलमा १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय