बढ्यो अण्डाको भाउ
setopati.com · Sat Jun 06 00:37:36 GMT 2026

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ। संघको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो। नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ