धर्मशाला निर्माणमा ढिलाई, बजेट अभावको समस्या
gorkhapatraonline.com · Fri May 29 03:09:58 GMT 2026

दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित प्राचिन एवं पुरातात्तिक महत्त्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा तीन वर्षअघि ‘सिद्धरत्ननाथ धर्मशाला’ निर्माण गर्ने गरी शिलान्यास गरियो । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्य अनुसार लुम्बिनी प्रदेश सरकारअन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेमार्फत चौघेरा मठमा करिब पाँच करोडको लागतमा सुविधासम्पन्न सभाहलसहितको ३० कोठे तीन तले धर्मशाला निर्माणको काम सुरु गरिएको थियो ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन थालेको धर्मशालाको पहिलो आर्थिक बर्ष २०८०/०८१ मा बिनियोजन भएको ३० लाख रुपियाँबाट फाउन्डेसन र पिलरका लागि सरिया (छड) उठाउने काम गरिएको थियो । धर्मशालाको फाउण्डेशन निर्माण र पिलरका लागि सरिया उठाउने काम गरिएपनि बाँकी काम अघि बढ्न सकेको छैन । गतआर्थिक बर्षमा बजेट नपर्दा काम नै हुन सकिन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)