गणतन्त्रले नागरिकको जीवनमा सार्थक परिवर्तन ल्याउनुपर्छ: मुख्यमन्त्री पाण्डे
ratopati.com · Fri May 29 03:23:37 GMT 2026

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए । नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ ।
संघीय शासन व्यवस्थाको अभ्यासमा गण्डकी प्रदेश सरकारले जनअपेक्षा बमोजिम विकास, नीति, सुशासन र पारदर्शिताका क्षेत्रमा आफूलाई स्थापित गराउने प्रयास गरिरहेको उनको दाबी छ । देशमा देखिएका समस्या समाधानका लागि नकारात्मकता भन्दा सकारात्मक सोच र सामूहिक प्रयत्न आवश्यक रहेको उनले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)