उरुग्वेले लियो अग्रता
onlinekhabar.com · Sun Jun 21 22:57:00 GMT 2026

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वेले केप भर्डेविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको हो ।
उरुग्वेका लागि म्याक्सी अराजो र अगस्टिन क्यानोबियोले गोल गरेका छन् । केप भर्डेका केभिन पिनाले एक गोल गरेका छन् ।
२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा