भक्तपुर गठ्ठाघरदुर्घटना : मारिएका स्कुटर चालक महिला नभएर पुरुष, फेला पर्यो उत्तम कोइरालाको लाइसेन्स
barnanmedia.com · Thu Aug 15 21:40:26 UTC 2024

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ।
दिनभर प्रहरीले मृतक महिला भएको दाबी गरेको थियो। आफन्त खोज्न आएको आधारमा महिलाको नाम समेत सार्वजनिक गरेको थियो। तर प्रहरीले जुन नाम सार्वजनिक गर्यो ती महिला आफैँ प्रहरी कार्यालय पुगेकी थिइन्।अनि बिहीबार बेलुका प्रहरीले मृतक पुरुष भएको र उनको साथबाट सवारी चालक अनुमति पत्र समेत फेला परेको तर आफन्तले पहिचान नगरी नाम एकिन भन्न नसकिने बतायो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)