जसको नोक्सानी उसैलाई हैरानी
gorkhapatraonline.com · Fri May 29 03:38:07 GMT 2026

। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालयमा भएको आगजनीमा वितरणका लागि तयारी अवस्थामा राखिएका ७० हजार थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट भए । राज्यको सम्पत्ति र नागरिकको महŒवपूर्ण पहिचानपत्र नष्ट हुनु आफैँमा दुःखद थियो तर अहिले त्यसको सजाय तीन निर्दोष नागरिकले पाउन थालेका छन् । आगजनी र हिंसामा उनीहरूको संलग्नतासमेत थिएन ।
परिचयपत्रका लागि महिनौँअघि फोटो खिचाएर पालो पर्खिरहेका उनीहरू अहिले फेरि फोटो खिचाउन प्रशासन धाउन बाध्य छन् । फोटो खिचाउनु मात्रै समस्या होइन, उनीहरूले उल्टै पाँच सय रुपियाँ जरिबाना तिर्नु भने अन्यायपूर्ण रहेको विराटनगर–२ का सेवाग्राही राजन रिजालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)