ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
kendrabindu.com · Fri May 29 03:52:39 GMT 2026

काठमाडौं । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ । कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ ।
कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो । एक्समार्फत जारी संक्षिप्त वक्तव्यमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)