कोशीमा फेरि जातीय आगो झोस्दै उपेन्द्र यादव
barnanmedia.com · Thu Aug 15 22:01:33 UTC 2024

मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई ०७९ को चुनावमा त्यहीँकै जनताले पत्याएनन्। सप्तरीमा उनलाई जनमतका अध्यक्ष सिके राउतले हराइदिए। संसदको यात्रा अन्त्य भएपछि यादवले वैकल्पिक बाटो अपनाए। बाराबाट चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचनमा उत्रिए। कांग्रेस, माओवादीको बलमा उनले बल्लतल्ल चुनाव जिते। उपप्रधान एवं स्वास्थ्यमन्त्री पनि बने।
तर, अशोक राई समूहले पार्टी नै विभाजन गरिदिएपछि उनी प्रतिपक्षमा पुगे। अहिलेको कांग्रेस, एमाले गठबन्धनलाई पनि यादवको समर्थन छ। तर, यी दुई दलले मन्त्री नबनाइदिएपछि उनी निहुँ खोज्दै हिँडेका छन्। योबीचमा मधेश सरकार पनि गुमाएपछि यादव फेरि जातीय आगो झोस्ने प्रयासमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)