पर्यटन बोर्डको सदस्यका शुक्रबार दरखास्त आह्वान
kendrabindu.com · Sat Jun 06 00:39:26 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रिक्त रहेका ५ जना सदस्य पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयद्वारा जारी गरिएको सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट बायोडाटा माग गरिएको छ । सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन पेस गरिसक्नु पर्नेछ । आवेदन दिने अन्तिम जेठ २६ गते तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ