नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी
nepalpress.com · Sun Nov 28 17:46:54 GMT 2021
कैलाली । नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटि कैलालीको सचिवमा कमलबहादुर भुल विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दानबहादुर रावतलाई पराजित गर्दै भुल बिजयी भएका छन । शनिबार सम्पन्न दोस्रो अधिवेशनपछिको बन्दशत्रमा सदस्यबाहेक सबै पदमा सहमति जुट्न नसकेपछि आइतबार सम्पन्न निर्वाचनमा भुल सचिवमा विजयी भएका हुन् ।
भुल यस अघि एमाले र माओवादी केन्द्रसहितको नेकपाको नगरकमिटिको सबैभन्दा पाँच सदस्यीय सचिवालय सदस्य थिए । यस्तै उनी, लम्कि चुहा अस्पताल विकास समितिका सदस्य समेत थिए । यति मात्र नभई भुल पूर्व जनमुक्त सेना नेपालका पूर्व कमाण्डर पनि थिए । सदिक्षा फुड प्रोडक्ट कम्पनीका सञ्चालक पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)