केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
ratopati.com · Sun Jun 21 23:34:12 GMT 2026

काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा जारी उरुग्वे र केप भर्डेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ । पहिलो हाफमा २–१ ले पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई २–२ को बराबरीमा ल्याएको हो ।
खेलको ६१ औं मिनेटमा केप भर्डेका मिडफिल्डर हेलियो वरेलाले सानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् । उरुग्वेको रक्षापंक्तिलाई छिचोल्दै वरेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भर्डेका समर्थकहरूमा खुसीयाली छाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा