मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’

annapurnapost.com · Fri Apr 30 06:05:00 GMT 2021

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै काठमाडांै छाडेका छन्। यही नाका हुँदै वैशाख १ देखि १५ गतेसम्म ७ लाख जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

सर्वसाधारण नागरिक घर फर्किन बिहीबार बसपार्क, कलंकी क्षेत्रमा उपस्थित थिए। सुरक्षाकर्मी उनीहरूलाई रोकिरहेका थिए। सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन नचलेकाले घर फर्किन असहज अवस्था थियो। उनीहरू सामान बोक्ने गाडीमै चढिरहेका थिए। सडकमा उभिएर कोही तरकारी बोक्ने गाडी रोक्दै थिए त कोही खाद्यान्न आपूर्तिका गाडी पछ्याउँदै थिए। हवाई सेवा बन्द नभएकाले विमानस्थलमा पनि यात्रुको त्यतिकै चाप छ। बिहीबार उपत्यकाका तीनै जिल्लामा सवारी साधन धेरै गुडेका देखिन्थे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)