मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जागिरबाट निकालेको भन्दै पियनले हेडसर कुटे

barnanmedia.com · Thu Aug 15 22:14:14 UTC 2024

बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी मावि, खैरकोटका प्रधानाध्यापक (प्रअ) बिरेन्द्रसिंह धामीले आफूमाथि हातपात भएको बताएका छन्। उनका अनुसार स्थानीय जगदीश धामीले विद्यालयको कार्यकक्षमै प्रवेश गरेर हातपात गरेका हुन्।

मंगलबार दिउँसो शिक्षकहरूसँग कार्यालयमा छलफल गरिरहेको अवस्थामा जगदीश धामीले हातपात गरेको प्रअ धामीले जानकारी दिए। “जगदीश भूपू कास हुन्। उनले कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिए। म यसबारे प्रहरीमा निवेदन दिन तयारी गरिरहेको छु,” प्रअ धामीले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)