मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न आग्रह

nayapatrikadaily.com · Sun Sep 18 00:20:00 GMT 2022

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

दिनहुँजसो विभिन्न विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै माओवादीका सचिवसमेत रहेका पौडेलले भने, ‘नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँ । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)