जाजरकोटमा चार जनामा दादुरा पुष्टि
gorkhapatraonline.com · Fri May 29 04:18:15 GMT 2026

जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीमा छ जनाको स्वास्थ्य परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो ।
जगतिपुर स्वास्थ्य चौकीमा परीक्षण गरिएका ६ जनामध्ये चार जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ । गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)