मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेका ६ स्थानीय तहमा करिब ३३ करोड बेरुजु

gorkhapatraonline.com · Fri May 29 04:15:43 GMT 2026

बाँके जिल्लाका ६ वटा स्थानीय तहको बेरुजु करिब ३३ करोड रुपियाँ देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्दा बाँकेका ६ स्थानीय तहको कुल १३ अर्ब ८१ करोड २० लाख ३२ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ३२ करोड ९९ लाख ६७ हजार रुपियाँ बेरुजु कायम भएको हो ।

जिल्लाका ६ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु प्रतिशत जानकी गाउँपालिकामा देखिएको छ । उक्त गाउँपालिकाको एक अर्ब २९ करोड ४९ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण हुँदा चार करोड ४३ लाख ६० हजार रुपियाँ अर्थात् ३।३४ प्रतिशत बेरुजु देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)