अनियन्त्रित डढेलो नियन्त्रणका लागि सर्वपक्षीय अनुरोध
deshsanchar.com · Fri Feb 07 17:45:31 GMT 2025

रसुवा –समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ।
निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गापा–१ मूलथला क्षेत्रको जङ्गलमा यही माघ २२ गतेदेखि अचानक लागेको डढेलो अनियन्त्रित भएपछि सहयोगका लागि अपिल गरिएको हो। सो निकुञ्जको नुवाकोटतर्फको आधार इलाकामा फैलिएको डेढेलोले अहिलेसम्म करिब १५ हेक्टर वन क्षेत्र सखाप पारेको र डढेलो तीव्र रुपमा फैलिरहेको निकुञ्जले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)