युक्रेन र रुस दुवैद्वारा कुर्स्क क्षेत्रमा प्रगति गरेको दाबी
barnanmedia.com · Thu Aug 15 22:21:27 UTC 2024

युक्रेनले बिहीबार रुसमा आफ्नो सीमापार आक्रमणमा नयाँ प्रगति गरेको दाबी गरेको छ । उसले एक हजार वर्गकिलोमिटरभन्दा धेरै क्षेत्र कब्जा गरेको बताएको छ । यो दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै विदेशी सेनाले गरेको सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले उसले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाबाट पहिलो गाउँ पुनः कब्जा गरेको बताएको छ । साथै उसले छिमेकी बेलगोरोड क्षेत्रमा ‘अतिरिक्त सेना’ पठाउने घोषणा गरेको छ । युक्रेनले अब दर्जनौँ बस्ती र सीमाबाट आठ किलोमिटर टाढाको सुद्जा सहरलाई नियन्त्रण गरेको बताएको छ । शीर्ष सैन्य कमान्डर अलेक्जेन्डर सिर्स्कीले भन्नुभयो, “हामीले एक हजार एक सय ५० वर्गकिलोमिटर क्षेत्र र ८२ बस्ती नियन्त्रणमा लिएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)