ब्राजिली स्टार नेयमार फेरि चोटग्रस्त, 2026 विश्वकपको सुरुवाती खेल गुम्न सक्ने सम्भावना
barnanmedia.com · Fri May 29 04:25:50 GMT 2026

ब्राजिलका स्टार फुटबलर Neymar फेरि चोटका कारण समस्यामा परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको दाहिने खुट्टाको पिँडुलामा दोस्रो स्तरको मांसपेशी चोट देखिएको छ, जसका कारण उनी केही सातासम्म मैदानबाहिर रहने सम्भावना रहेको बताइएको छ।
ब्राजिलका टोली चिकित्सक रोड्रिगो लास्मारले नेयमारलाई पूर्ण रूपमा फिट हुन दुईदेखि तीन सातासम्म लाग्न सक्ने बताएका छन्। यही कारण उनले आगामी मैत्रीपूर्ण खेलहरू गुमाउने निश्चितजस्तै भएको छ भने 2026 FIFA World Cup को पहिलो खेलमा पनि खेल्ने सम्भावना कमजोर बनेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख गरिएको छ।
प्रशिक्षक Carlo Ancelotti ले खेलाडी छनोट फिटनेस र प्रदर्शनका आधारमा हुने बताउँदै आएका छन्। चोटका कारण नेयमारको उपलब्धतामाथि प्रश्न उठेपछि ब्राजिलियन टोलीभित्र पनि चिन्ता बढेको बताइएको छ।
34 वर्षीय नेयमार हाल ब्राजिलको राष्ट्रिय टोलीमा पुनरागमन गर्ने प्रयासमा रहेका बेला फेरि चोटग्रस्त बनेका हुन्। उनी यसअघि पनि लामो समय चोटका कारण मैदानबाहिर रहँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)