चितवन २ र बारा २ मा आज बिहानपछि मात्रै मतगणना हुने
Ujyaaloonline.com · Sun Apr 23 23:49:31 GMT 2023
काठमाण्डाै - प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ र बारा २ को मतगणना आज बिहानपछि मात्रै सुरु हुने भएको छ ।
चितवनमा गएराति सर्वदलीय बैठक बस्न नसकेपछि आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)