मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

barnanmedia.com · Sun Jun 21 23:57:19 GMT 2026

आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो ।

चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले जानकारी दिनुभयो । “व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो । विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “पठनपाठन, सहरीकरणले गर्दा अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ । यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)