गणतन्त्र दिवसमा तीन विपक्षी दलहरूको एउटै आवाज- संविधान र गणतन्त्रको रक्षाका लागि जिम्मेवार बनौँ
nepalviews.com · Fri May 29 04:37:29 GMT 2026

काठमाडौं । १९ औँ गणतन्त्र दिवस शुक्रबार धुमधामका साथ मनाइँदै छ । गणतन्त्र दिवस मुल समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ । गणतन्त्र दिवसमा योपटक प्रधानमन्त्रीले नभई राष्ट्रपतिले सम्बोधन गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सम्बोधन गर्न नचाहेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधनका लागि आग्रह गरेका थिए ।
पहिलो संविधानसभाको चुनावपछि २०६५ जेठ १५ गते संविधानसभाको बैठकबाट शाह वंशीय शासनको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो । अहिले १९ औँ गणतन्त्र दिवससम्म आइपुग्दा त्यतिबेलाका प्रमुख दलहरू संघीय सत्ताबाट किनाराकृत भएका छन् । अहिले नेपाली कांग्रेस, एमाले र नेकपा विपक्षीमा हुँदा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । गत भदौमा भएको जेन जी आन्दोलनको छायाँमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावबाट पुराना स्थापित दलहरू एकैपटक किनारा लाग्दा रास्वपाका रूपमा नयाँ शक्तिको उदय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)