मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
barnanmedia.com · Mon Jun 22 00:05:25 GMT 2026

सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे । जति उपचार गर्दा पनि निको नभएपछि बाँकेको नेपालगन्ज उपचारमा गएका भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट विज्ञ डा राजन पाण्डे भेटेपछि सिकलसेल थालासेमिया भएको थाहा भयो र उपचार सुरु भयो ।
लामो समयदेखि उपचार गरिरहेकी अनुपाले नियमित रगत चढाउनुपर्ने, उपचारमा अस्पताल बस्नुपर्ने समस्याले विगतमा धेरै मानसिक तनाव भोग्नुपर्यो । “सुरुमा मलाई के समस्या छ भन्ने पत्ता लगाउनै मुस्किल भयो, बुबा शिक्षक भएकाले हरेक पटक स्वास्थ्य समस्या हुँदा उपचारका लागि भारत लैजानुहुन्थ्यो”, अनुपा सम्झनुहुन्छ, “म नियमित बिरामी हुँदा परिवारका सदस्यलाई पनि तनाव धेरै भयो । धेरै वर्ष भारतमा उपचार गरे पनि रोग पत्ता लागेको थिएन । डा पाण्डे भेटेपछि मात्र मेरो रोग निदान भयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)