गोलबजारका स्थानीयले गरे राजमार्गमा चक्काजाम
annapurnapost.com · Fri May 29 04:46:26 GMT 2026

सिरहा : गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
स्थानीय नागरिक,व्यवसायी र नेताहरूले शुक्रबार बिहान साढे एक घण्टा सडक अवरुद्ध गराएका हुन् । स्थानीयहरूका अनुसार ‘चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष वितिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)