सुदूरपश्चिम सरकार : ६ महिनामा बजेट खर्च १० प्रतिशतमात्र
rajdhanidaily.com · Sun Feb 01 23:32:55 GMT 2026

धनगढी । चालु आर्थिक वर्षको ६ महिना बित्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट १० प्रतिशतमात्र खर्च भएको छ । यसमा पुँजीगत बजेट कार्यान्वयनको हिस्सा ५.०८ प्रतिशतमात्र छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ का लागि ३३ अर्ब ४६ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट गत वर्षको तुलनामा करिब १ अर्ब ८४ करोड रुपैयाँले बढी हो ।
सरकारले यो रकम सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा खर्च गर्ने योजना बनाएको थियो । पुस मसान्तसम्मको तथ्यांक हेर्दा उक्त बजेटबाट जम्मा ३ अर्ब ६६ करोड २१ लाख रुपैयाँमात्र खर्च भएको छ । कुल बजेटको १० दशमलव ९४ प्रतिशतमात्र ६ महिना अवधिमा कार्यान्वयन भएको हो । चालुतर्फ २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । पुल, सडक, खानेपानी, भवन निर्माण लगायत विकास योजनामा विनियोजित १९ अर्ब ८३ करोड रुपैयाँमध्ये अहिलेसम्म जम्मा १ अर्ब ७ करोड रुपैयाँमात्र खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)