‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस्, यसले असर गर्दैन’
deshsanchar.com · Fri Feb 07 22:55:34 GMT 2025

लेखनाथ (कास्की)- कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।
छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिडिन् । माछापुच्छ्रे माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउन अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एकमाया आचार्यले छात्रालाई सम्झाइ राखेकी थिइन्, ‘खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)