१० महिनामै साढे ११ अर्बको बीमा पोलिसी सरेण्डर, यस्तो छ बीमा प्राधिकरणको तथ्याङ्क
arthasansar.com

बीमा पोलिसी नविकरण नगर्नेको संख्या १२ लाख नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसी नविकरण नभएका हुन् ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर मार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो । उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)